सिलगढ़ीका चार बेपत्ता किशोरीहरू ओल्ड मालदाबाट उद्धार

Chhetriya-Samachar-2

मालदा: सिलगढ़ीबाट बेपत्ता भएका चारजना किशोरीहरूलाई ओल्ड मालदाबाट उद्धार गरिएको छ। आरपीएफले चारै नाबालिक किशोरीहरूलाई स्टेशनबाट उद्धार गरी चाइल्ड लाइनको सहयोगमा बाल कल्याण समितिलाई सुम्पिदियो।
वेलफेयर कमिटीको जाँचबुझमा नाबालिक किशोरीहरूले बताए, उनीहरूका परिवारहरूले मोबाइल फोन खरिद गर्न अस्वीकार गरिदिएको कारणले उनीहरूले एक साथ भागेर दिल्ली जाने फसेला गरेका थिए जहाँ उनीहरूले काम गरेर मोबाइल खरिद गर्न चाहन्थे।
रेलवे चाइल्ड लाइनको पक्षबाट बिजन कुमार साहले बताए, चारैजना किशोरी सिलगढ़ीका हुन्। यिनीहरू न्यू जलपाईगुड़ी स्टेशनदेखि दिल्ली गइरहेका थिए। यिनीहरूको उम्र १२ देखि १५ वर्षबीच रहेको छ। यी किशोरीहरूलाई शारीरिक जाँचपछि बाल कल्याण समितिलाई सुम्पिदिएको छ।
यता बाल कल्याण समितिका चेयरपर्सन अम्बरीष बर्मनले बताए, चारै किशोरीहरू मोबाइल खरिद गर्न चाहन्थे, तर परिवारका मानिसहरूले यिनीहरूलाई मोबाइल दिन अस्वीकार गरिरहेका थिए। त्यसैले यिनीहरू भागेर दिल्ली गइरहेका थिए। चाइल्ड लाइनले किशोरीहरूका परिवारहरूलाई सूचित गरिदिएको छ।
उल्लेखनीय छ, गए सोमवार सिलगढ़ी एनजेपी थाना क्षेत्रको बाड़ीभाषास्थित मदनी बजारबाट चारैजना किशोरीहरू अचानक हराएका थिए जसपश्चात सोही राती एनजेपी थानामा परिवारको पक्षबाट एक लिखित सिकायत दर्ता गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement