गान्तोक जिल्लामा वर्षाको कारण व्यापक क्षति, राहत कार्य तीव्र

IMG-20250513-WA0315

गान्तोक: केही दिनदेखि लगातार भइरहेको भारी वर्षाको कारण जिल्लाअन्तर्गहत धेरै ठाउँहरुमा व्यापक क्षति भएको छ। अविरल वर्षापछि गान्तोक जिल्लाका विभिन्न स्थानहरूमा ठूलो मात्रामा क्षति पुगेको जिल्ला प्रशासनले जानकारी दिएको छ। वर्षापछि आएको पैह्रोले जनधनमा गम्भीर जोखिम उत्पन्न गराएको छ। जिल्ला प्रशासनले जारी गरेको क्षतिग्रस्त ठाउँहरुको सुचिअनुसार माखा बजारको सडकलाई ठूलो क्षति पुगेको छ। तादोङ एनएच १० मा पैह्रोले आवासीय संरचनाहरूमा क्षति भएको छ। बोजोघारीमा पौहोले गाडी र घरहरूमा क्षति पुर्यामएको छ। यसरी नै सिच्चेस्थित विद्युत् सब-स्टेसनमाथि पैह्रोले क्षति बनाएको छ। जसले ११ केभी कन्ट्रोल रुम र फिडर प्यानलहरू प्रभावित भएको छ। साथै वरिपरिका घरहरूमा पनि क्षति पुगेको छ। बोजोघारी तीन माइलमा पनि पैह्रोले आवासीय क्षेत्रहरूमा खतरा उत्पन्न गरेको छ। नाम्डोक ग्राम विकास केन्द्रअन्तर्गतको रोङगे मानेडाँड़ामा पैह्रोले ट्रान्सफर्मरलाई क्षति पुर्यावएको छ। यसरी नै मेरुङ हावा घर, रोङगे, ताथाङ्चेन ग्राम पञ्चायत एकाईको ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी जिल्ला प्रशासनले दिएको छ।

जेएन रोड र ताताङ्चेनका घरहरूलाई पनि वर्षाले क्षति गरेको रिपोर्ट छ। यस घटनालाई केन्द्र गर्दै गान्तोक जिल्ला आपदा प्रबन्ध प्राधिकरणका अधिकारीहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्दै राहत वितरण गरेको छ। हाल प्रभावित क्षेत्रमा राहत कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ। प्रभावितहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक सेवा सुविधाहरू यथाशीघ्र पुनःस्थापना गर्न पहल भइरहेको जानकारी छ। जिल्ला प्रशासनले आम जनतालाई सतर्क रहन र सम्बन्धित निकायद्वारा जारी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement