गान्तोक: राज्यमा फेरि एउटा अनलाइन ठगीको घट्ना प्रकाशमा आएको छ। घट्ना राजधानी गान्तोकको हो। ठगले १२ लाखभन्दा अधिक रकम ठगेको बताइएको छ। अज्ञात व्यक्तिले टेलीग्राम एप मार्फत १२ लाख ५० हजार रुपियाँ ठगेको भन्दै राजधानी गान्तोकको डीपीएच निवासी एक महिलाले सदर थानामा दर्ता गराएपछि यो घट्ना प्रकाशमा आएको हो। पुलिसले भारतीय न्याय संहिताको धारा ११२(२), ३१८(२) ३१९(२) र आइटी एक्ट-को धारा ६६डी अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरु गरेको छ।