मन्त्री सुब्बाद्वारा स्कूल भवनको उदघाटन

IMG-20220913-WA0172.jpg

गान्तोक: याङथाङ समष्टि अन्तर्गत याङते ग्राम पञ्चायत इकाईमा क्षेत्र विधायक एंव मन्त्री भिमहाङ सुब्बाले दुइवटा प्रमुख पूर्वधार विकासको उद्घाटन गरेर स्थानीयलाई हस्तान्तरण गरेका छन। मन्त्री सुब्बाको वाहुलीबाट समष्टिको लोअर भाफुथाङमा निर्मित दुइतले विद्यालय भवनकाे विधिवत् उद्घाटन गरि स्थानीय जनतालाई हस्तान्तरण गरेका छन। कुल रकम ६५ लाख २८ हजारको धनराशिमा निर्माण गरिएको यसै विद्यालय भवन उद्घाटन समारोहमा सीडीको अध्यक्ष जनक गुरूङ, मुख्य मन्त्रीका राजनीतिक सचिव मधुसूदन शर्मा, समष्टिस्तरीय अध्यक्ष टासी वङगेल भोटिया, शिक्षा विभागका उपनिर्देशक राजेश थापा, अन्य अधिकारीगण, जिल्ला पञ्चायत सदस्य रोशन खतिवडा आदिको उपस्थिति थियो। स्मरण रहोस यो प्राथमिक पाठशाला विगत २००८ मा तत्कालीन सरकारले बन्द गरेको थियो, अनि पुन २०१९ मा सञ्चायलनमा रहेको थियो। विद्यालय भवनको अभावले विद्यार्थी भने विचलित रहेका थिए। पाठशालाको जीर्ण अवस्थालाई मध्यनजरमा राखेर वर्तमान सरकारले छोटो समयमा स्थानीयको माग पूरा गरिदएको हो।

यस विद्यालय भवनको उद्घाटन पछि मुख्य अतिथि मन्त्री भिमहाङ सुब्बाले आफ्नो सम्बोधनको क्रममा यस गाउँमा नयाँ पूर्वधार विकास थपिएको बताउँदै अब शिक्षाको मन्दिरबाट भरपुर लाभ उठाउने बताए। लोअर भालुथाङमा बन्द भएको पाठशाला पुनः सञ्चालनमा ल्याएर भवन समेत दुइवर्षमा तयार गरेर जनताको मागलाई पूरा गरिएको छ,यसमा स्थानीयले हर्ष मान्नुपर्छ भन्ने बताए। वर्तमान सरकारले प्राथमिकस्तरका विद्यालयलाई बडी प्राथमिकता दिएर गुणस्तर र विद्यालयको वातवरण राम्रो बनाउने कार्य गरेको बताएका छन। कार्यक्रमा प्रबन्धन समिति साथै ठेकेदार पक्षबाट क्षेत्र विधायक एंव मन्त्री सुब्बालाई अभिनन्दन जनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement