गान्तोक: गान्तोकको भोजोघरी निवासी समाजसेवी फुर्बा रिन्जिङ शेर्पाले आफ्नी स्वर्गीय हजुरआमा स्व. डोमा शेर्पाको स्मृतिमा पश्चिम बङ्गालको बिरपाड़ास्थित नाग्युर ताशी छोइलिङ गुम्बामा प्रवेशद्वार निर्माण गराएका छन् जसलाई हिजो बुद्ध पूर्णिमाको अवसरमा गुम्बा समितिलाई समर्पित गरियो। यस अवसरमा समाजसेवी शेर्पा स्वंय उपस्थि भएर प्रवेशद्वार गुम्बा समितिलाई हस्तान्तरण गरेका थिए।
गुम्बा समितिले उनको योगदानप्रति कृतज्ञता प्रकट गर्दै शेर्पालाई सम्मानपत्र प्रदान गऱ्यो। समितिले गुम्बाको सम्पदा जोगाउन उनले समर्पण र योगदानको खुलेर प्रशंसा गरे।
उल्लेखनीय छ, नाग्युर ताशी छोएलिङ गुम्बा बिरपाड़ा क्षेत्रमा धार्मिक महत्त्व र सांस्कृतिक सम्पदाका लागि प्रख्यात रहँदै आएको थियो। नव निर्मित प्रवेशद्वारले गुम्बाको सौन्दर्यमा थप आकर्षण थप्ने विश्वास गरिएको छ।