गेजिङ: गेजिङ जिल्लाको माङनामका एक युवकले लोदुङ खोलामा डुबेर ज्यान गुमाएको छ। माङनामका स्थानीय एक व्यक्तिले २१ वर्षीय युवक खोलामा डुबेको जानकारी पुलिससमक्ष गराएका थिए। उक्त युवक लाङाङमा बसोबास गर्दै आएका थिए भने उनको स्थायी ठेगाना माङनाम रहेको बताइएको छ। घटना हुँदा उनी आफ्ना साथीसँग खोलामा पौड़ी खेलिरहेका थिए। पुलिसको प्रारम्भिक जाँचअनुसार बिहान करिब ११:३० बजे उनीहरू फुटबल खेलको लागि लाबिङतर्फ जाँदै थिए। बाटोमा जाँदैगर्दा लोटुङ खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा युवकको डुबेर मृत्यु भएको थाहा लागेको छ। स्थानीय प्रशासन र पुलिसको सहयोगमा परिवारजन तथा प्रत्यक्षदर्शीको उपस्थितिमा शवको पहिचान गरिएको थियो। त्यसपछि शवलाई गेजिङ जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारसमक्ष जिम्मा लगाइएको छ।