रिनाकमा कराते खेलाड़ीहरुलाई क्यू ग्रेडबेल्ड हस्तान्तरण

IMG-20250513-WA0310

रिनाक: सेल्फ डिफेन्स सितो-रियो कराते डो एसोसिएशन पाकिम जिल्लाद्वारा रिनाक बजारस्थित कराते कर्वड हलमा एक कार्यक्रम आयोजन गरियो। यसअन्तर्गत विभिन्न क्यू ग्रेड बेल्ट ग्रेडिङ प्रक्रिया पूरा गरिएको थियो। कराते डो-का प्रचार सचिव भानुराज थापाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशिक्षक सिहान कुलहरि राई, प्रशिक्षक सेनसाई प्रभास प्रधान, प्रशिक्षार्थीहरूको समागम रहेको थियो। ग्रेडिङ प्राप्त गर्ने तीन प्रशिक्षार्थीहरूले कराते काता प्रदर्शन गरेका थिए भने रिनाक डोजो-का अनुज शर्मालाई सातौं क्यू ग्रेड बेल्ट ग्रेडिङ अन्तर्गत सिनियर ओरेन्ज बेल्ट, सुमिरन मगरलाई आठौं क्यू ग्रेड बेल्ट ग्रेडिङ अन्तर्गत सिनियर पहेंलो बेल्ट अनि सुमित श्रीवास्तवलाई नवौ क्यू ग्रेड बेल्ट ग्रेडिङ अन्तर्गत जुनियर पहेंलो बेल्ट प्रमुख प्रशिक्षक सिहान कुलहरि राईद्वारा प्रदान गरियो। यस्तै प्रकारले तीनै प्रशिक्षार्थीहरूलाई ग्रेडिङ प्रमाण पत्र वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement