रोहित र कोहलीले २०२७ वर्ल्ड कप खेल्ने सम्भावना देख्दैनन् गावस्करले

IMG-20250513-WA0298

मुम्बई: भारतका सीनियर ब्याटर रोहित शर्मा र विराट कोहलीले आफ्नो वनडे करियरलाई अघि बढ़ाउन टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतका पूर्व कप्तान सुनिल गावस्करलाई पनि यी दुईजनाले लामो समयसम्म खेल्न सक्ने आशा छ तर २०२७ वर्ल्ड कपमा चाहिँ यी दुईले खेल्ने सम्भावना देख्दैनन्। रोहित र कोहलीले भारत गत वर्ष टी२० वर्ल्ड कप च्याम्पियन बनेपछि टी२० इण्टरनेशनलबाट सन्न्यास लिएका थिए। यसपाली टेस्ट क्रिकेटबाट पनि सन्न्यास लिएपछि यी दुईजना वनडे इण्टरनेशनलमा मात्र सक्रिय रहनेछन्। रोहित ५० ओभरको प्रारूपमा ३ वटा दोहोरो शतकको साथ सबैभन्दा महान ब्याटरहरूमा सामेल छन् जबकि कोहलीले यस प्रारूपमा रेकर्ड ५१ वटा शतक बनाएका छन्। यी दुवै वनडे प्रारूपमा निक्कै सफल छन्। आँकड़ा असल रहे पनि गावस्करलाई रोहित र कोहलीको निम्ति २०२७ वर्ल्ड कप खेल्नु व्यावहारिक रूपले सम्भव लाग्दैन। गावस्करको भने, रोहित र कोहलीले खेलको यस प्रारूपमा असल प्रदर्शन गरिरहेका छन् तर पनि चयनकर्ताहरूले २०२७ वर्ल्ड कपलाई ध्यानमा राख्नेछन्। के उनीहरू २०२७ वर्ल्ड कपको टीममा सामेल हुन सक्नेछन् भन्ने चयनकर्ताहरूले हेर्नेछन्। उनीहरूले त्यस समय अहिले झैं योगदान दिन सक्नेछन् भन्ने पनि ठूलो प्रश्न छ। यो चयन समितिको विचार प्रक्रिया हुनेछ। चयन समितिको उनीहरूले काम गर्न सक्नेछन् भन्ने सोच रहे यी दुईजना उपलब्ध रहनेछन्। यसबाहेक गावस्करले वर्तमान लयको आधारमा यी दुवैले टीममा स्थान बनाउन नसक्ने बताए। उनले भने, उनीहरूले खेल्नेछन् जस्तो मलाई लाग्दैन। म धेरै ईमानदारीको साथ यो कुरा भन्दैछु तर असम्भव केही छैन। आउँदो एक सालमा उनीहरू असाधारण फर्ममा रहे अनि लगातार शतक बनाए भगवानले पनि उनीहरूलाई रोक्न सक्नेछैनन्। उल्लेखनीय छ, रोहित अहिले खराब फर्मको साथ फिटनेससँग पनि जुझिरहेका छन्। यसैकारण आईपीएल २०२५-मा मुम्बई इण्डियन्सले उनलाई इम्प्याक्ट सब्स्टीट्यूडको रूपमा प्रयोग गरिरहेको छ। कोहलीको मामिलामा चाहिँ फिटनेसको कुनै समस्या छैन अनि आईपीएलमा पनि उनले ११ वटा म्याचमा ५०५ रन बनाएका छन् तर भारतमा २०२३-मा भएको वर्ल्ड कपपछि चाहिँ वनडे प्रारूपमा पनि उनले आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement