गान्तोक: राज्यका शहरी विकास विभागका सचिव एमटी शेर्पाको नेतृत्वमा नाम्ची नगर परिषदका अधिकारीहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। नाम्ची नगर परिषदको प्रेक्षागृहमा सम्पन्न भएको उक्त सभामा विशेष गरेर शपिङ प्लाजा, सोलिड वेस्ट मेनेजमेन्ट लगायत अन्य विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। सभालाई सम्बोधन गर्दै नाम्चीका एमइओ ग्याल्पो शेर्पाले महत्वपूर्ण विषयहरूमाथि प्रकाश पारे।सोही प्रकारले विभागका सचिव एमटी शेर्पाले भारत सरकार र राज्य सरकारको ध्वाजावाहक कार्यक्रमबारे विस्तृतरूपमा अवगत गराए। उक्त योजनाहरूलाई सही ढङ्गमा कार्यान्वयन गर्नको निम्ति सबैले अंहम भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे। सचिव शेर्पाले विभागका अधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर सरकारको योजनालाई सफल तुल्याउनु पर्ने सुझाउ दिए।सोही प्रकारले नाम्ची नगर परिषदका अध्यक्ष गणेश राईले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए। नाम्चीमा पहिलो पल्ट यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा उनले खुशी प्रकट गरे।