घैयाबारीमा २५६९औं बुद्ध जयन्ती समारोह सम्पन्न

IMG-20250513-WA0248

तीनधारे:७ खरसाङ खण्ड अन्तर्गत घैयाबारीको महावोधी बौध्द गुम्बामा बुध्द जयन्ती समारोह सम्पन्न भएको छ। यहाँ रहेको १४ फिटको बज्र गुरुको मूर्ति रहेको ठाउँमा पहिलोपटक भगवान बुध्दको जन्म जयन्ती पालन गरिएको छ। घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको तत्वावधानमा २५६९औं बुद्ध जयन्ती समारोह भक्तिभावको साथमा पालन गरिएको छ। यस अवसरमा गुरुजी मिङमा पासाङको बाहुलीबाट पूजा अर्चना गरेर बुध्द जयन्ती समारोह शुरु भएको छ।‌यस अवसरमा गुम्बा परिसरबाट भगवान् बुद्धको कु (प्रतिमा) लिएर नगर परिक्रमा गर्दै शान्ति रैलीको आयोजना पनि गरिएको छ। यस अवसरमा नेवा बुध्दिष्ट कल्याण संगठनको तर्फबाट लाखे नृत्य पनि प्रस्तुत गर्दै सहभागिता जनाएका थिए। यस अवसरमा शान्ति रैलीको आयोजना गरिएको थियो उक्त शान्ति रैली गुम्बा परिसरबाट शुरु भएर घैयाबारीको अप्पर गैरीबाट लोबर गैरी गाउँ हुँदै राष्ट्रिय राजमार्ग भएर नेताजी हाई स्कूलको खेल मैदान हुँदै डाँडा गाउँ र गुरुङ गाउँ भएर पुन: गुम्बामा पुगेर समापन भएको छ। बुध्द जयन्तीको अवसरमा घैयाबारीमा आयोजित शान्ति रैलीमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, पश्चिम बंगाल नेवार सांस्कृतिक अनि विकास बोर्डको चेयरम्यान सुनिल प्रधान लगायत लामाहरु, घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको सभापति महेश लामा, सचिव नयन खाती लगायत अन्य पदाधिकारीहरु र भक्तजन उपस्थित रहेका थिए।

गुम्बा परिसरमा शान्ति रैली पुगेर गाउँ घरको शान्तिको लागि पूजा अर्चना पनि गरिएको थियो। यसको साथै गुरुजी मिङमा पासाङको बाहुलीबाट वाङ पनि वितरण गरिएको घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको सचिव नयन खातीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement