पानीको समस्या समाधान गर्नलाई खरसाङको भिक्टोरियामा रहेको जलाशय सर सफाई गर्ने नवीनीकरणको कार्यको लागि शिलान्यास कार्य सम्पन्न

IMG-20250513-WA0246

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजार क्षेत्रमा पानीको सर्वराह पूरा गर्नलाई खरसाङको भिक्टोरियामा रहेको जलाशय सर सफाई साथै नवीनीकरणको कार्यको लागि आज पूजा अर्चना गरेर कार्य शुरु गर्नलाई शिलान्यास गरिएको छ। अमरुत २.० को योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा बालासानबाट पानी तान्ने र उक्त पानी यही भिक्टोरियास्थित ठूलो जलाशयमा भेला पारेर खरसाङ नगरपालिका क्षेत्रमा वितरण गरिने भएको छ। खरसाङ नगरपालिका क्षेत्रमा दीर्घ दिनदेखि रहेको पानीको समस्या समाधान गर्नलाई बालासनबाट पानी तानेर यस जलाशयमा संकलन गरेर वितरण गरिने भएको छ‌। त्यसर्थ उक्त जलाशयको नवीनीकरण र सर सफाई गर्नलाई ७५ लाख ९१ हजार रुपियाँको खर्चमा काम गरिने भएको छ। उक्त कार्य जीटीए, पीएचई, खरसाङ नगरपालिका र सिलगढी एमईडीले संयुक्त रुपमा मिलेर कार्य गरिने भएको जानकारी प्राप्त भएको छ। यस कार्यको लागि आज भिक्टोरिया जलाशयमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, पीएचई र खरसाङ नगरपालिकाको विभागीय अभियन्ताहरु र अधिकारीहरु साथै पार्टीको पदाधिकारीहरु उपस्थित भएर पूजा अर्चना गरेर काम शुरु गर्नलाई शिलान्यास गरिएको छ। पानी हाम्रो अमूल्य सम्पदा हो भन्ने उक्तिको साथमा खरसाङ नगरपालिकाले भिक्टोरिया जलाशयमा पानी सङ्कलन गरेर वितरण गर्ने भएको छ। यसको साथै खरसाङ नगरपालिकाद्वारा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबैको साथ र सहयोगको अपेक्षा राखेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ चेयरम्यान ब्रिगेन गुरुङले खरसाङ नगरपालिकाद्वारा बालासनबाट पानी तानेर ल्याउने कार्य गरिरहेको र यसको लागि भिक्टोरिया जलाशयमा सर सफाई र नवीनीकरणको कार्य गरिने भएको जानकारी गराएका छन्। उनले पीएचई र खरसाङ नगरपालिकाको पहलमा यो कार्य हुने र यस कार्यको शुरु गर्नलाई पूजा अर्चना गरिएको बताएका छन्‌। उनले भिक्टोरिया जलाशयमा पानी सङ्कलन गरेर खरसाङ बजार क्षेत्रमा वितरण गरिने र यसको लागि भिक्टोरिया जलाशयमा ७५ लाख ९१ हजार रुपियाँको खर्चमा सर सफाई र नवीनीकरणको कार्य गरिने जानकारी गराएका छन्।

खरसाङ नगरपालिकाकोे चेयरम्यान ब्रिगेन गुरुङले यो कार्य ४५ दिनभित्रमा पूरा गरिने लक्ष्य राखिएको र बालासनबाट पानी आईपुग्दा यो काम पनि पूरा हुने बताएका छन्। उनले यो कार्य खरसाङ नगरपालिका, पीएचई, जीटीए र सिलगढी एमईडीले संयुक्त रुपमा गरेको जानकारी गराएका छन्‌‌। उनले राम्रो काम हुन लागेको छ र सबैले हेर विचार गरिदिने साथै सकरात्मक सुझाव दिने पनि आह्वान् गरेका छन्‌। उनले दीर्घ दिनदेखि पानीको समस्या समाधान हुनेतर्फ लागेको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement