काेलकत्ता: काेलकत्ताको ढाकुरियास्थित भारत जापान बुद्ध संघ काेलकत्ताको आयोजनामा, जापानी बौद्ध गुम्बामा २५६९औं बुद्ध जयन्ती भव्य रुपमा पालन गरिएको जानकारी प्राप्त भएको छ। वेन छिरिङ शेर्पा (कुसला) द्वारा पूजा अर्चना गरिसकेपछि वाङ वितरण गरियो। यस कार्यक्रममा कलकत्ता वरिपरि रहेका हजारौँ श्रद्धालुहरूले भगवान बुध्दको दर्शन गरे। काेलकत्ता अहिले अत्याधिक गरम छ। यस गरममा दर्शनार्थीहरूलाई केही राहत दिन गत वर्ष झैँ यसवर्ष पनि श्री श्री जानकी माता नेपाली धार्मिक संघ काेलकत्ता अनि हाम्रो छहारी काेलकत्ताको संयुक्त पहलमा श्रद्धालुहरूलाई चिसो सर्वत पानी वितरण गरियो। प्रायः तीन हजारभन्दा धेरैलाई सर्वत वितरण गरियो। यस जल वितरण सेवालाई सफल बनाउन धनबहादुर भुसाल, दिलीप श्रेष्ठ, सेर बहादुर श्रेष्ठ, जगत थापा( जित), श्री श्री जानकी माता नेपाली महिला कल्याणकारी कोष कोलकाताकी स्वयंसेवीकाहरू प्रसन्नता, उषा उपाध्याय, अस्मा गुरूङ्ग, अनिमा श्रेष्ठ, पम्फा प्रधान, प्रमिला श्रेष्ठ, शान्ता श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्पा श्रेष्ठ, उर्मिला छेत्री, पद्मा गुरूङ्ग, सन्तोषी सिंह, अनिता छेत्री, गौतम छेत्री, हरि सिंह मुक्तान, अंकित साव लगायत श्री श्री जानकी माता नेपाली धार्मिक संघ काेलकत्ताका सभापति गुञ्जदास श्रेष्ठ, चियर म्यान भीमबहादुर श्रेष्ठ, हाम्रो छहारी काेलकत्ताका सभापति संगीता शेर्पा, सल्लाहकार खिमराज बराल, संयोजक बिकास कार्की सदस्यहरू रमिता कार्की सिंह, निमा डोल्मा शेर्पा, आदिको प्रमुख भूमिका रहेको थियो।