अष्ट्रेलियाई मीडियाद्वारा विराट कोहलीको भरपूर प्रशंसा

IMG-20250513-WA0162

मेलबर्न: भारतका स्टार ब्याटर विराट कोहलीले अष्ट्रेलियामा असाधारण प्रदर्शन गरेर महानता हासिल गरेका छन् तर अब उनलाई सेतो जर्सी लगाएर त्यहाँ खेलिरहेको देखिनेछैन। कोहलीले सन्न्यासको घोषणा गरेपछि अष्ट्रेलियाई मीडियाले उनको भरपूर प्रशंसा गरेको छ। अष्ट्रेलियाको प्रमुख दैनिक सिडनी मर्निंग हेराल्डले लेखेको छ, अष्ट्रेलियाई मानिसहरूलाई कोहलीको अविश्वसनीय ब्याटिंग कौशल र मैदानमा आक्रामक मिजासको संयोजनले आकर्षित गर्थ्यो। कोहलीको अष्ट्रेलियामा पहिलो सीरीज २०११-१२-मा थियो, जसमा माइकल क्लार्कको अगुवाईमा रहेको टीमले ४-०-ले सीरीज जितेको थियो तर कोहलीले धेरै समकालीनहरूका तुलनामा अधिक निडरता देखाए अनि एडिलेडमा शतकको साथ सीरीजको समापन गरे। एससीजी-मा दर्शकहरूलाई औंली देखाउँदा उनको आलोचना पनि भएको थियो। त्यो अष्ट्रेलियाई दर्शकहरूसँग लड़ाइँको शुरुवात थियो, जुन यस साल जनवरीमा टेस्ट क्रिकेटको रूपमा उनको अन्तिम दिनको साथ समाप्त भयो जब उनले त्यही भीड़लाई सेण्डपेपरको इशारा गरे।
अष्ट्रेलियाई ब्रडकास्टिंग कर्पोरेशन (एबीसी)-ले भारतका टेस्ट कप्तानको रूपमा उनको सफल कार्यकालमाथि प्रकाश पाऱ्यो, जसमा अष्ट्रेलियामा ऐतिहासिक सीरीज जीत पनि सामेल छ। एबीसी-ले लेखेको छ, कोहलीको टेस्ट करियरलाई २०१४-देखि २०२२-बीच कप्तानको रूपमा उनको कार्यकालको निम्ति पनि याद गरिनेछ। कोहलीको कप्तानीमा भारतले ६८ वटा टेस्ट म्याच खेलेर ४० वटा जितेको थियो। यस आँकड़ाले उनलाई टेस्ट क्रिकेटका सफल कप्तानहरूमा एक बनाएको थियो। कप्तानको रूपमा सर्वाधिक टेस्ट म्याच जित्नेहरूका सूचीमा उनी दक्षिण अफ्रिकाका ग्रीम स्मिथ (५३), अष्ट्रेलियाका रिकी पोण्टिंग (४८) र स्टीव वा (४१) पछि चौथो स्थानमा रहे। न्यूज डट कम डट एयू-मा छारिएको खबरको शीर्षक विराट कोहलीले सन्न्यासको घोषणा गरेर १.४ करोड़को हृदयलाई तोड़े रहेको छ। यसरी फक्स स्पोर्ट्स-ले कोहली र रोहित शर्माको अनुपस्थितिले भारतीय ब्याटिंग क्रममा ठूलो खालीपन आउने लेखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement