रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा सोमवार एउटा म्याच खेलियो। रोहिनी लेकमा खेलिएको म्याचमा दार्जीलिङ स्टारले जीएएस घैयाबारीविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अमृत राई र किशोरले २-२ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।