सिलगढ़ी: सिलगढ़ीमा उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)- का कर्मचारीहरूले प्रदर्शन गरे। उत्तर बंगाल राज्य परिवहन श्रमिक कर्मचारी एकता मञ्चका सदस्यहरूले वेतन वृद्धिको मागमा सोमवार एनबीएसटीसी डिपोमा धरना-प्रदर्शन गरे।
संगठनको आरोप छ, चालकहरूको वेतन वृद्धि गरियो, तर अन्य कर्मचारीहरूको वेतन वृद्धिको सन्दर्भमा कुनै निर्णय लिइएको छैन जसले गर्दा श्रमिकहरूलाई आर्थिक संकटको सामना गर्न परिरहेको छ। एनबीएसटीसीका अन्य कर्मचारीहरूको वेतन वृद्धिको मागमा उनीहरू धरना-प्रदर्शऩमा सामेल भएका छन्।
अर्कोतिर एनबीएसटीसी कर्मचारीहरूको धरना प्रदर्शनको कारणले बस सेवाहरू केही समयको लागि बाधित रह्यो। संगठनका सदस्यहरूले बताए, यदि उनीहरूको मागमाथि ध्यान दिइएन भने उनीहरूे ठूलो आन्दोलन गर्न बाध्य हुनेछन्।