दोहा डायमण्ड लीगमा चारजना भारतीयले हिस्सा लिने

IMG-20250512-WA0315

नयाँ दिल्ली: स्टार भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले १६ मईमा हुने प्रतिष्ठित डायमण्ड लीग प्रतियोगिताको दोहा चरणमा तीन अन्य भारतीय खेलाड़ीहरूको साथमा हिस्सा लिनेछन्। यो कुनै पनि डायमण्ड लीग प्रतियोगितामा भारतको सर्वाधिक प्रतिभागी हो। साल २०२३ (८८.६७ मीटर)-मा खिताब जितेपछि अनि २०२४ (८८.३६ मीटर)-मा दोस्रो स्थानमा रहने नीरजले पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा किशोर जेनासँग हिस्सा लिनेछन्। जेनाले २०२४-मा पनि यस प्रतियोगितामा हिस्सा लिएका थिए अनि ७६.३१ मीटरको सर्वश्रेष्ठ थ्रो गरी नवौं स्थान हासिल गरेका थिए। पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा धेरै स्टार खेलाड़ीहरूले हिस्सा लिनेछन्, जसमा दुईपल्टका ओलम्पिक च्याम्पियन तथा पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने ग्रेनेडाका एण्डरसन पीटर्स, २०२४-का विजेता चेक रिपब्लिकका जेकब वाडलेच, जर्मनीका जूलियन वेबर र म्याक्स डेहनिंग, कीनियाका जूलियस येगो र जापानका रोडरिक जेनकी डीन जस्ता खेलाड़ी सामेल छन्। दोहा जाने अन्य दुई भारतीय एथलीटहरूमा राष्ट्रिय रेकर्ड धारक गुलवीर सिंह सामेल छन्, जसले पुरुषहरूका ५००० मीटर दौड़मा डायमण्ड लीग पदार्पण गर्नेछन्। यसरी पारुल चौधरीले महिलाहरूकी ३००० मीटर स्टीपलचेजमा हिस्सा लिनेछिन्। यस स्पर्धामा उनी राष्ट्रिय रेकर्ड धारक हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement