गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा एमएसएमईका महिला उद्यामीहरूलाई लिएर एक्सपोजर भ्रमण आयोजन गरियो। राज्यको वाणिज्य एवं उद्योग विभाग, यातायत विभाग र स्टेट रूरल लाइभलीउड मिशन पाकिम जिल्लाको संयुक्त पहलमा आयोजना गरिएको एक्सपोजर भ्रमणमा कूल २५ जना महिलाहरू सामेल गरिएको थियो। विशेष गरेर खाद्य संस्सकरण प्रशोधन व्यवसायमा संलग्न २५ महिला एमएसएमई उद्यमीहरूको समूहलाई आधुनिक उत्पादन एकाइ, आहो याङतामस्थित म्याकलियोड्स फार्मास्युटिकल्स लिमिटेड र खाद्य प्रशोधन एकाइ, सिक्किम सुप्रिमको भ्रमण गराइयो। यस एक्सपोजर भ्रमणलाई पाकिम जिल्लाकी जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले झण्डा हल्लाएर प्रस्थान गराएकी थिइन्। यस असरमा आहोमा सञ्चालित मेकलियोड फार्मस्युटिक्लस लिमिटेका महाप्रबन्धक सीए झा र उनको टोलीले उद्यामीहरूलाई कच्चा पदार्थदेखि तयार वस्तुसम्म औषधि उत्पादनको प्रक्रियाबारेमा जानकारी गराएका थिए। सहभागीहरूलाई अग्रीम उत्पादन अभ्यासहरू, गुणस्तर नियन्त्रण र कुशल सञ्चालन प्रक्रियाबारेमा पनि भ्रमण टोलीलाई जानकारी गराएका थिए। सोही प्रकारले उक्त कम्पनीकी प्रबन्धक शशि प्रधानले उद्यामीहरूलाई कारखाना परिसरको भ्रमण गराइन्। जसमा खाद्य प्रशोधन, नालीदार बक्स र प्याकेज गरिएको पिउने पानी उत्पादन एकाइबारे जानकारी गराइन्। उद्यामीहरूले प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गर्नको साथै अन्य विषयमा पनि ज्ञान हासिल गरेका थिए।