बुर्तुक क्षेत्रस्तरीय सफाई अभियानको समापन

IMG-20250512-WA0318

गान्तोक: सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती महोत्सवको अवसरमा अप्पर बुर्तुक क्षेत्रलाई प्लास्टिकमुक्त अनि फोहोरमुक्त बनाउने उद्देश्यसहित गत ४ मईदेखि शुरु गरिएको व्यापक सफाइ अभियानको आज समापन भयो। क्षेत्र विधायक कला राईको नेतृत्वमा सञ्चालित ९ दिवसीय सफाइ अभियानमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका क्षेत्रस्तरीय समितिका पदाधिकारीहरु, कार्यकर्ताहरु, समाजसेवीहरु, स्वयं सहायता समूहका प्रतिनिधिहरु, आईसीडीएस कर्मचारीहरु, विद्यार्थीगण, संघ संस्था लगायत स्थानीय नागरिक समाजको सक्रिय सहभागिता थियो. अभियान समापनको अवसरमा इन्दिरा बाईपास, आम्दो गोलाइ र पिकअप स्ट्याण्ड परिसरमा व्यापक सफाइ अभियान सञ्चालन गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङको सुनौलो, समृद्ध अनि समर्थ सिक्किमको परिकल्पनालाई साकार गर्नको निम्ति पहिलो खुड्किलोको रूपमा सफाइ अभियान सम्पन्न गरेको विधायक कला राईले बताएकी छन्। आफ्नो घर वरिपरि एवं सडक, खोल्सा अनि झोडालाई सफा राख्न सबैको जिम्मेवारी रहेको विधायक राईले बताइन्। यस दिशामा सबैले इमान्दार बनेर काम गर्ने आग्रह पनि गरेकी छन्। यसका साथै घर अनि पूर्वाधारहरूको निर्माण गर्दा त्यहाँबाट निस्किएको फोहोरको सहीरूपमा व्यवस्थापन गर्नुपर्ने सुझाउ दिएकी छन्। बुर्तुक निर्वाचन क्षेत्रलाई सफा राख्न सबैको जिम्मेवारी महत्वपूर्ण बन्ने र सफाइ अभियानलाई सबैले जिम्मेवारीकोरुपमा लिएर निरन्तरता दिने अपील गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement