राज्यपाल र मुख्यमन्त्रीले दिए राज्यबासीलाई बुद्धजयन्तीको शुभकामना

photocollage_2025512233321659

गान्तोक: बुद्ध पूर्णिमाको अवसरमा राज्यका राज्यपाल ओमप्रकाश माथुरले राज्यबासीलाई बधाई एवं शुभकामना दिएका छन्। उनले विश्वभऱि छरिएर बसेका बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शुभकामना सन्देशमा त्याग, अहिंसा, करुणा र मित्रताको सन्देश दिएर भगवान बुद्धले सम्पूर्ण मानव समाजलाई अर्थपूर्ण जीवन बिताउने ज्ञान दिएको बताएका छन्। बुद्धले दिएका उक्त शिक्षाले मानव जातिलाई युगयुगसम्म मार्गदर्शन गरिरहने आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। यसक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि राज्यबासीप्रति पवित्र बुद्ध जयन्तीको अवसरमा बधाई साथै शुभकामना प्रकट गरेका छन्। मुख्यमन्त्री तामाङले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुप्रति शुभकामना व्यक्त गर्दै शान्ति, आपसी प्रेम, र अंहिसामाथि जोड़ दिएका छन्। आजको दिन भगवान गौतम बुद्धको जीवनका तीन सबैभन्दा महत्त्वपूर्ण ज्ञान, प्राप्ति र निर्वाण गरेको उल्लेख गरेका छन्। राजकुमार सिद्धार्थ गौतमको रुपमा जन्मेका भगवान बुद्धको यात्राले मानव जातिलाई शान्ति, करुणा, अहिंसा र विश्वव्यापी भ्रातृत्वको शिक्षाले प्रेरित गर्दै आइरहेको मुख्यमन्त्रीले बताए। यो पर्व बौद्ध धर्मवलम्बीहरूले भक्तिभावपूर्वक मनाउने गरेको उल्लेख गरेका छन्। यस पर्वले मानवजातिलाई आनन्द, सद्भाव र आन्तरिक शान्ति दिएको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले सिक्किमेली जनमानसमा एकता र करुणाको भावनालाई बलियो बनाओस् फनी कामना पनि गरेका छन्। भगवान बुद्धले देखाएको महान मार्गमा हिँडनुपर्ने, दया र पारस्परिक सम्मानमा आधारित समाज निर्माणको निम्ति प्रयास गर्नुपर्ने आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement