सिक्किमका खेलाटडहरूले भूटान ओपन कराते च्याम्पियनशीपमा जित्यो ५ स्वर्णलगायत ८ पदक

IMG-20250512-WA0316

गान्तोक: गत १० र ११ मईको दिन भूटानको राजधानी थिम्पूमा सम्पन्न भूटान ओपन कराते च्याम्पियनशीप २०२५मा सिक्किम राज्यले ५ स्वर्णलगायत ८ पदक जितेको छ। भारतलाई प्रतिनिधित्व गर्दै सिक्किम स्टेट कराते डो एसोसिएशन (एसएसकेए) का खेलाड़ीहरूले उल्लेखनीय प्रदर्शनी गर्दै पाँच स्वर्ण, २ रजत र एक काँस्य पदक जितेका छन्।
स्वर्ण पदक विजेता सिक्किमे खेलाड़ीहरूमा तेन्सुङ नामग्यल भोटिया, एलिशा राई, एरिसा छेत्री र आयन प्रधान रहेका छन्। यी मध्ये तेन्सुङ नामग्यल भोटियाले दुईवटा स्वर्ण जितेका छन्। यसरी नै नोरला ग्याल्छेनले दुईटा काँस्य अनि अन्सुमन सापकोटाले एउट रजत पदक जितेका छन्। एसएसकेए-को टोलीमा टीम कोच विमला तामाङ रहेका थिए। अर्कोतिर सिक्किमका पुरण सुब्बा, हेम कुमार राई, बुद्ध विर मंगर, एपराम लिम्बू, मनिशा छेत्री र प्रोसेनजित चक्रवर्तीले टुर्नामेन्टमा अधिकारीहरूको भूमिका निर्वाह गरेका थिए।
सिक्किम स्टेट कराते डो एसोसिएशनका अध्यक्ष विजय गुरुङ र महासचिव विधान वल्लभ सुब्बाले सबै मेडल विजेता खेलाड़ीलाई बधाई दिएका छन्। युवा खेलाड़ीहरूको यस उल्लेखनीय प्रदर्शनीले उनीहरूको उत्कृष्ठ प्रतिभालाई दर्शाउने उनीहरूको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement