खरसाङ तामाङ बुद्धिष्ट एशेासिएशन अनि टाँसी साम्तेलिङ गुम्बाको आयोजनामा बुद्ध जयन्ती समारोह

IMG-20250512-WA0295

खरसाङ: खरसाङ तामाङ बुद्धिष्ट एशेासिएशन अनि टाँसी साम्तेलिङ गुम्बाको आयोजनामा बुद्ध जयन्ती समारोह अनि शताब्दी वर्षगाँठ समारोहको आज समापन भएको छ। बुद्ध जयन्तीको अवसरमा बौध्द धर्मावलम्बीहरुले ऱ्याली पनि अयोजना गरेका थिए जसमा गुम्बाका सदस्य, सदस्या अनि अन्यहरूले सहभागिता जनाएका थिए। भगवान बुध्दको प्रतिमा साथै बौध्द धर्म ग्रन्थ बोकेर मन्टिभियट रोड, खरसाङमा अवस्थित टाँसी साम्तेलिङ गुम्बाबाट शुरू भएको यो ऱ्याली खरसाङ शहरको परिक्रमा गरेर पुनः गुम्बामा पुगेर समाप्त भएको थिए। यसपल्टको ऱ्यालीमा सिहं नृत्य, डम्फु सेलो अनि तामाङ संस्कृतिको झाँकी पनि समावेश रहेको थिए।


स्मरण रहोस् यस वर्ष टाँसी साम्तेलिङ गुम्बाले आफ्नो स्थापनाको १०० वर्षगाँठ शताब्दी समारोह सम्पन्न गरेको छ जुन समारोह ३ मईदेखि शुरू भएको थियो जसमा काङ्ग्युर छोई पठन, छेचु पूजा, रक्तदान शिविर, बौद्ध ज्ञान अनि तामाङ भाषामाथि प्रश्नोत्तर प्रतियोगिता, स्मारिका पुस्तक विमोचन साथै अन्य विभिन्न कार्यक्रम भव्य रूपमा मनाईएको थियो। आज सम्पन्न भएको यस बुद्ध जयन्ती समारोह अनि शताब्दी वर्षगाँठ समापन समारोहबारे तामाङ बुद्धिष्ट एशेासिएशन, खरसाङका अध्यक्ष युएस तामाङले विस्तृत रुपमा जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement