सुदन गुरूङ मेरो दुश्मन होइन, उसले न्याय पाउनु पर्छ: अनित थापा

IMG-20250512-WA0292

दार्जिलिङ: सुदन गुरूङ मेरो दुश्मन होइन, उसले न्याय पाउनु पर्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌।‌ उनले भने, सुदन गुरूङमाथि घटेको घटनाको जाँच चलिरहेको छ। म दैनिक रूपमा पुलिस प्रशासनबाट जाँचको रिपोर्ट लिन्छु। यो समय जसले पनि घटना भएको देखेको छ, नडराई अघि आएर पुलिस प्रशासनलाई सहयोग गर्नुहोस्। मैले मिडियामा अघि आएर , बयान दिएर घटनाको परिणाम आउँदैन।’
अनित थापाले अघि भने, ‘घटनाको न्यारेटीभ कसैले पनि घुमाउनु सक्छ। म पनि सक्छु। तर अहिलेको स्थितिमा यदि सुधन गुरूङलाई न्याय दिलाउनु छ भने, पुलिसको कामलाई सहयोग गर्नु पर्छ। जाँचको रिपोर्ट जस्तो सुकै आवोस्, दोषी जो सुकै होस, म न्यायको पक्षमा छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement