धार्मिक हर्षोल्लासका दार्जिलिङमा साथ बुद्ध जयन्ती पालन

IMG-20250512-WA0290

दार्जिलिङ: धार्मिक हर्षोल्लासका दार्जिलिङमा साथ २५६९औं बुद्ध जयन्ती पालन गरिएको छ। यस अवसरमा दार्जिलिङको‌विभिन्न गुम्बाहरूले सांस्कृतिक झाँकीसहित धर्म ग्रन्थ बोकेर नगर परिक्रमा गर्दै चौरस्तामा पुगेर कार्यक्रमको समापन गरेका थिए। यस परिक्रमार्फत सर्वसाधारणमा अहिंसा, प्रेम, करुणा र मानव कल्याणको सन्देश फैलाइएको थियो। अहिलेको अशान्त परिवेशमा बुद्धजस्ता महामानव तथा शान्तिका दूतको पुनर्जन्म आवश्यक रहेको धारणा विभिन्न बौद्ध धर्मगुरुहरूले व्यक्त गरेका छन्। यसबीच दार्जीलिङस्थित स्थानीय टाशी दार्जीलिङ तामाङ गुम्बामा सम्पन्न चारदिने विश्व शान्ति पूजा–पाठको अन्तिम दिन बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसर पारेर सर्वसाधारण दर्शनार्थीहरूलाई वाङ (आशीर्वाद) वितरण गरियो।


अर्कोतर्फ, आगामी वर्ष मनाइने बुद्ध जयन्तीको शतवार्षिकीलाई लक्षित गर्दै गुम्बाका अधिकृत पक्षले दाताहरूसमक्ष आर्थिक सहयोगका लागि अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement