दार्जीलिङ: सुदन गुरुङ हमला काण्डमा दार्जीलिङ पुलिसले दुईजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अजित राई र विवेक गुरुङ सामेल छन्। आज उनीहरूलाई दार्जीलिङ जिल्ला अदालतमा पेश गर्न अदालततर्फ लगिएको छ। स्मरण रहोस् सुदन गुरूङमाथि गत ८ मईको साँझ दार्जीलिङको सुपर मार्केट नजिक प्राणघातक आक्रमण भएको थियो। हाल उनी दार्जीलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा छन्।सुदन गुरूङमाथि आक्रमणमा पक्राउ गरेका दुईजना अभियुक्तहरुलाई सोमवार जिल्ला अदालतमा प्रस्तुत गरियो। हिजो राति पक्राउ परेका आरोपीहरुबारे पुलिस प्रशासनबाट हालसम्म कुनै जानकारी प्रकाशमा आउन सकेको छैन। यद्यपि यो मुद्दालाई लिएर उच्च न्यायालय जाने गोर्खा सेवा सेना प्रमुख विक्रमादि राईले बताएका छन्। सुदन गुरूङ घटना काण्डको कडा शब्दमा निन्दासँगै आरोपीहरुलाई दण्ड दिनपर्ने माग गर्दै उनले दार्जीलिङ पहाडमा जहिले पनि सत्यको गला घोटिने परम्पराप्रति आक्रोश व्यक्त गरेका छन्।