खरसाङ: भारतीय नेपाली गोर्खा सार्की समाज खरसाङ महकुमा समितिको तर्फबाट हालैमा एमबीबीएस डाक्टर बनेकी सुहानी सार्कीलाई सम्बर्ध्दना जनाइएको छ। फूलबारी बस्ती, खोप्रेल निवासी पिता दिपक कुमार सार्की र माता शकिला सार्कीकी सुपुत्री सुहानी सार्कीले गत ५ मईको दिन एमबीबीएस डाक्टरको डिग्री हाँसिल गरेकी थिइन्। उनको उक्त उपलब्धिको लागि भारतीय नेपाली गोर्खा सार्की समाज खरसाङ महकुमा समितिले सोमबार एक कार्यक्रमबीच उनलाई सम्बर्द्धन जनाएको छ। कार्यक्रममा उनको अनुपस्थितिमा उनका पिता दिपक कुमार सार्की र माता शकिला सार्कीलाई सम्बर्ध्दना जनाइएको छ। डा. सुहानी सार्कीले निट परीक्षा उत्तीर्ण गरेर हालैमा एमबीबीएस डाक्टरको डिग्री पनि हाँसिल गरेका छन्। उनले डाक्टरको डिग्री हाँसिल गरेर आफ्नो परिवार, गाउँ समाज र जातिलाई नै गौरवान्वित तुल्याएकीमा भारतीय नेपाली गोर्खा सार्की समाजद्वारा सम्बर्द्धना जनाएको छ। यस अवसरमा भारतीय नेपाली गोर्खा सार्की समाज खरसाङ महकुमा समितिको सभापति योगेन मंग्राती, उप सभापति अर्जुन सार्की, सचिव रवि तोलङ्गी, सह सचिव निरज मंग्राती, सल्लाहकार ललित सार्की र पश्चिम बंगाल सार्की सांस्कृतिक अनि विकास बोर्डको चेयरम्यान सदीप सार्की उपस्थित रहेका थिए।

यसै अवसरमा डा. सुहानी सार्कीकस माता पितालाई उनको सम्बर्ध्दना हस्तान्तरण गरिएको भारतीय नेपाली गोर्खा सार्की समाज खरसाङ महकुमा समितिको सचिव रवि तोलङ्गीले जानकारी गराएका छन्।