गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज पूर्व सिक्किमक तुमिन-नामराङको भ्रमण गरे। यसबीच उनले नाम्रङ फुटपाथको उद्घाटन गरे। गान्तोकबाट अऩुमानित २५ किलोमिटर टाड़ास्थित यस ठाउँमा भइरहेको पूर्वाधार विकास कार्को पनि निरीक्षण गरे। उक्त योजना राज्यपालको आर्थिक सहयोगले सम्भव भएको हो। गत जुलाईमा उनको भ्रमण पछि त्यसबेला योगदान गर्न गहिरो चासो देखाएका थिए। प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँ भएकाले नम्राङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र फाबोङलो वन्यजन्तु अभयारण्यबाट केही किलोमिटर टाढा अवस्थित भएकोले अझ राम्रो हुने बताइएको छ। नवज्योति संघ जो एक एनजीओ जसले नम्राङको विकासको लागि काम गर्दैछ। ‘मनोकामना फल्स’मा आयोजित कार्यक्रममा स्थानीयहरुको प्रमुख सहभागिता रहेको थियो। यसअवसरमा नम्राङ वार्ड पञ्चायत रोहितराज लुईटेल, नवज्योति संघ अध्यक्ष लोकनाथ सापकोटा, नम्राङ जुनियर हाई स्कूलका शिक्षकहरू, स्वयं सहायता समूहका सदस्यहरू, ज्येष्ठ नागरिकहरू र नम्राङका स्थानीय जनता साथै योजनाका प्रभारी अधिकारीहरुको सहभागिता थियो। वार्ड पञ्चायत रोहितराज लुइटेलले आफ्नो स्वागत सम्बोधनमा उक्त रकम विकास कार्यमा खर्च भएको जानकारी दिए। जसमा पुनर्निर्माण र पूर्वाधार विकासमा ३ लाख रुपियाँ खर्च भएको जानकारी दिए। नम्राङ जुनियर हाई स्कूलको योजनाबद्ध कामको बारेमा पनि उनले बताए। राज्यपालले आफ्नो संक्षिप्त सम्बोधनमा भने, “भारतको आत्मा गाउँमा बस्छ; देश बिकास गर्न पहिले गाउँ बिकास गर्नु जरुरी छ। उनले उपस्थित सबैलाई आग्रह गर्दै भने, सिक्किमको ग्रामीण क्षेत्रको विकासको लागि काम गर्न सरकारद्वारा प्रदान गरिएको योजना प्रभावी हुनपर्छ। उनले लागुऔषध सेवनबाट हुने असरका बारेमा पनि संक्षिप्त जानकारी दिए र लागुऔषध तथा लागु पदार्थको प्रयोगबाट टाढा रहन सबैलाई आग्रह गरे। गाउँलेहरूले डेयरी जस्ता आयआर्जनका गतिविधिहरू लिन, एकीकरणमा ध्यान केन्द्रित गर्न दिगो जीविकोपार्जन विकल्प र आत्मनिर्भर सिक्किमको बारेमा पनि बताए। केसर खेतीको फाइदा र यसको उच्च बजार मूल्यबारे पनि राज्यपालले बताए। भविष्यमा केसरखेती गर्ने आग्रह गरे। आजादी का अमृत महोत्सवले भारतको विकास र सर्वाङ्गीण प्रगतिका लागि काम गर्नुपर्ने उनले बताए।










