खरसाङ: २८ नम्बर खरसाङ चिमनी देउराली समष्टि अन्तर्गत चिम्नी देउराली ग्राम पञ्चायतको सदस्य दिपेश थापाको पहल एवं अध्यक्षतमा समस्त गाउँवासीहरुको उपस्थितिमा विश्व अन्तर्राष्ट्रिय आमा दिवसको दिन सम्पूर्ण आमाहरुलाई लिएर कार्यक्रम सम्पन्न गरियो। विशेष आमा दिवसको पावन अवसरमा पञ्चायत सदस्य दिपेस थापाको तर्फबाट सेन्ट जोन्स जुनियर हाई स्कूलका प्रधान अध्यापिका संगीता राईलाई सम्मान पत्र प्रदान गरियो। उनले २००१ देखि २०२५ सम्मवर्षको लामो समय शिक्षा क्षेत्रमा दिएको योगदानप्रति सम्मान गरियो।
यस अवसरमा दिपेस थापाले भने, हाम्रो ज्ञानद्वारा यस्ता धरै प्रतिभाशाली व्यक्तिहरुलाई चिम्नी देउराली ग्रामीण क्षेत्रमा सम्मान दिने कार्य गर्दै आइरहेका छौं। सम्मान लिने संस्कारमा छैनौं हामी तर सम्मान दिने संस्कारमा छौं हामी।