सोनादा: सोनादामा भगवान बुद्धको जन्म जयन्ती श्रद्धा र भक्तिका साथ भव्यरूपमा पालन गरियो। यस क्षेत्रका विभिन्न गुम्बाहरूमा विशेष पूजा अर्चना तथा धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। यसको साथै बुद्ध जयन्तीको अवसरमा सोनादामा धार्मिक र्याली पनि निकालिएको थिए। उक्त र्यालीले सोनादा बजार परिक्रमा गरिरहेको थिए साथै भगवन बुद्धको प्रतिमा र धर्म पुस्तकहरु बोकेर मानिसहरुले सोनादा क्षेत्रको परिक्रमा गरिका थिए। सोनादा क्षेत्रको बौध्द गुम्बाहरु क्रमैले टाँसी छ्योलिङ बुध्द गुम्बा, सानड्रुप तारगेलिङ शेर्पा बुध्दिष्ट गुम्बा, थार्पा छ्योलिङ गुम्बा नयाँ कमान लगायत अन्य गुम्बाहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। गुम्बाहरूमा लामा तथा बौद्ध धर्मावलम्बीहरूले बुद्धको शान्ति र करुणाको सन्देशलाई स्मरण गर्दै विशेष पूजा अर्चना गरेका थिए।

यस क्षेत्रमा रहेका बौध्द गुम्बाहरुमा २५६९औं बुध्द जयन्ती भक्तिभावको साथमा पालन गरिएको जानकारी प्राप्त भएको छ। यसै क्रममा अप्पर सोनादाको टाँशी छोइलिङ बौद्ध गुम्बाका सदस्य सोनाम तामाङले जानकारी दिन्दै भने, आज सोनादाका विभिन्न गुम्बा अनि मन्दिरहरुमा बुद्ध जयन्ती पालन गरेका छन् । यसै क्रममा अप्पर सोनादा टाशी छोइलिङ बौद्ध गुम्बामा बिहान पुजा आर्चना गरी बुद्ध भगवानको प्रतिमा अनि पुस्तक साथमा गुम्बाको धर्मगुरु अनि भक्तजनद्वारा सोनादा बजार परिक्रमा गरी गुम्बाका धर्मगुरु राफ्गेय छामबालाको करकलमबाट सम्पूर्ण भक्तजनलाई छेवाङ (वाङ) प्रदान गरियो।

सोनाम तामाङले थप जानकारी गराए अनुसार बौद्ध धर्मको परम्परा अनुसार शाखा दावा पूजा सम्पन्न भइरहेका छन्। यस अवसरमा गुम्बाहरुमा पूजा आर्चना गर्दै उपहास चलिरहेका छन्। सम्पूर्ण भक्तजनलाई टाशी छोइलिङ बौद्ध गुम्बाको तर्फबाट बुद्ध जयन्ती अनि शाखा दावाको हार्दिक शुभकामना व्यक्त गर्दछौं भनी सोनाम तामाङले जनाएका छन्।