ईंग्लिश प्रीमियर लीगः चेल्सी, म्यानचेष्टर युनाइटेड र टोटनह्यामको हार, लिभरपूलको ड्र

photocollage_202551212851266

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा च्याम्पियन बनेपछि लिभरपूलको खराब प्रदर्शनको क्रम जारी रह्यो। यसरी सीजनको अन्तिम चरणमा पुगेर चेल्सी, टोटनह्याम र म्यानचेष्टर युनाइटेडले हारको सामना गर्नु पऱ्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूललाई आर्सनलले २-२-को ड्र-मा रोक्यो। म्याचको मध्यान्तरसम्म पनि लीग च्याम्पियन टीम २ गोलले अघि रहेको थियो तर आर्सनलले पनि दोस्रो हाफमा असाधारण पुनरागमन गर्दै म्याच बचायो। यस अवधि आर्सनलका गोल स्कोरर मिकेल मेरिनोलाई ७९औं मिनटमा रेड कार्ड पनि देखाइयो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलको म्याचमा शुरुवात असल रह्यो अनि टीमले एक मिनटभित्र २ गोल गरी आर्सनललाई दबाउमा पाऱ्यो। होम टीमबाट कोडी गाक्पोले २०औं र लुईस डिआजले २१औं मिनटमा गोल गरे। मध्यान्तरपछि आर्सनलको निम्ति गाब्रिएल मार्टिनेल्लीले ४७औं मिनटमा पहिलो गोल गगरे। त्यसपछि मिकेल मेरिनोले ७०औं मिनटमा गोल गरेर स्कोर २-२-को बराबरीमा पुऱ्याए। यस ड्र पछि लिभरपूल ३६ वटा म्याचमा ८३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी दोस्रो स्थानमा रहने लिभरपूलसँग ६८ पोइण्ट्स रहेको छ।
चेल्सीले चाहिँ न्यूक्यासल युनाइटेडविरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। यस हारले चेल्सीको शीर्ष ४-मा सामेल हुने सम्भावनाहरूलाई ठूलो झट्का लाग्यो। म्याचमा चेल्सीले अधिकांश समय नै १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो कारण सेण्टर फरवर्ड निकोलस जेक्सनले ३६औं मिनटमा घातक फाउलको निम्ति रेड कार्ड देख्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने न्यूक्यासलबाट साण्ड्रो टोनालीले दोस्रो अनि ब्रूनो गुईमारेसले ९०औं मिनटमा गोल गरे। यस जीतपछि न्यूक्यासल ६६ पोइण्ट्सको साथ तेस्रो स्थानमा पुग्यो जबकि चेल्सी ६३ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। अब केवल २-२ वटा म्याच बाँकी रहेको हुनाले चेल्सीको निम्ति शीर्ष चारमा स्थान बनाउने कार्य कठिन बनेको छ। यसरी वेष्ट ह्यामले म्यानचेष्टर युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा म्यानचेष्टर युनाइटेडको प्रीमियर लीगको जारी सीजनमा यो नवौं हार हो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेले पनि युनाइटेडले गोल गर्न सकेन। वेष्ट ह्यामबाट टोमस सौसेकले २६औं र जारोड बोवेनले ५७औं मिनटमा गोल गरे। वेष्ट ह्याम ४० पोइण्ट्सको साथ १५औं र म्यानचेष्टर युनाइटेड ३९ पोइण्ट्सको साथ १६औं स्थानमा रहेको छ। क्रिस्टल प्यालेसले आफ्नो होम ग्राउण्डमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामलाई २-०-ले पराजित गऱ्यो। प्रीमियर लीगको जारी सीजनमा टोटनह्यामको यो २०औं हार हो। विजेता टीमबाट एबेरेची एजे-ले ४५औं र ४८औं मिनटमा गोल गरे। क्रिस्टल प्यालेस ४९ पोइण्ट्सको साथ १२औं र टोटनह्याम ३८ पोइण्ट्सको साथ १७औं स्थानमा रहेको छ। नटिंघम फरेष्ट र लिस्टर सिटीबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement