गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीहरू, विशेषरूपमा सुनुवार समुदायलाई श्यादर पीदरको हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
आफ्नो सन्देशमा ‘यो पर्व हाम्रो सांस्कृतिक समृद्धि र साम्प्रदायिक सद्भावको सुन्दर प्रतिबिम्ब हो’ मुख्यमन्त्रीले भनेका छन्।
यस पर्वले एकता, सकारात्मकता र पारस्परिक सम्मानका मूल्यहरू मनाउँछ, जुन सिद्धान्तहरू सधैं हाम्रो विविध समाजको जग रहेका छन्।
मुख्यमन्त्रीले यस पवित्र अवसरले हामी सबैलाई हाम्रो दैनिक जीवनमा यी मूल्यमान्यताहरूलाई कायम राख्न प्रेरित गरोस् र हाम्रो स्वास्थ्य, खुशी र कल्याणको परम स्रोतको रूपमा पूजा गरिने प्रकृति माताको संरक्षण र सम्मान गर्ने हाम्रो सामूहिक जिम्मेवारीलाई नवीकरण गरोस् भनी कामना गरेका छन्।