गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठ महोत्सवको एक भागकोरूपमा सिक्किम सरकारका वाणिज्य एवं उद्दोयग विभाग र यातायात विभागको संयुक्त पहलमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालित गरियो। दुवै विभागले विभिन्न क्षेत्रसित सम्बन्धित मानिसहरुलाई नियमितरूपमा एक्सपोजर भ्रमण गराउँदै आएको छ। यस अवसरमा विभिन्न विद्यालय अनि महाविद्यालयका विपन्न परिवारका विद्यार्थी साथै ज्येष्ठ नागरिकहरू, एमएसएमई उद्यामीहरू, जिल्ला तथा ग्राम पञ्चायतका प्रतिनिधिहरू सामेल रहेका छन्। भ्रमणको क्रममा वाणिज्य तथा उद्योग विभागद्वारा लागु गरिएका योजनाहरूअन्तर्गत स्थापित प्रमुख संस्थाहरू र उत्पादन तथा सेवा क्षेत्रका व्यावसायिक एकाइहरूको भ्रमण गराउने कार्यक्रम रहेको थियो। यस अवसरमा पहिलो चरणमा पद्मा ओजार छोइलिङ माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूले भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए। विद्यार्थीहरूलाई एमएमएमईका निर्देशक रवि कुमारले संयुक्त निर्देशक तोप्देन जाङपो लगायत अन्य अधिकारीहरूको उपस्थितिमा झण्डा हल्लाएर प्रस्थान गराए। यस अवसरमा विद्यार्थीहरूले वज्रवर्ल्ड मलको भ्रमण गर्दै आनन्द उठाएका थिए। सोही प्रकारले राजधानीस्थित जिरो पोइन्टमा सञ्चालित हस्तशिल्प अनि हतकर्घा विभागको अध्ययन भ्रमण गराउँदै उत्पादनबारे जानकारी गराएका थिए। यसरी नै विद्यार्थीहरूले मे फेयर होटलको पनि भ्रमम गरे। जहाँ उनीहरूलाई दिउँसोको भोजन व्यवस्था गरिएको थियो।