मुख्यमन्त्री तामाङ पुगे पूर्व केन्द्रीय मन्त्री जोहन बारलाको घर

IMG-20250511-WA0199

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज भारतीय जनता पार्टीका नेता तथा पूर्व केन्द्रीय अल्पसंख्यक मामिला राज्यमन्त्री जोहन बारलाको घर पुगे। मुख्यमन्त्री तामाङ पूर्व केन्द्रीय मन्त्री बारलाको धर्मपत्नीको निधनमा शोक प्रकट गर्न उनको घर पुगेका हुन्। जलपाईगढी जिल्लाअन्तर्गत लखीपाढा चियाबारी निवासी पूर्व मन्त्री बारलाकी धर्मपत्नी महिमा बारलाको आकस्मिक निधन प्रति मुख्यमन्त्री तामाङले शोक समवेदना प्रकट गर्दै उनको फोटोमा माल्यार्पण गरे। मुख्यमन्त्रीले यस दुःखद घटनाप्रति शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई यसबेला ईश्वरले सहने शक्ति प्रदान गरुन भन्दै प्रार्थना गरे।

यस अवसरमा दार्जीलिङ जिल्लाका लोकसभा सांसद राजू विष्ट, अलिपुरद्वार जिल्लाका सांसद मनोज तिग्गा, विधायकगण लगायत अन्य भाजपा नेताहरुको पनि सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement