कुख्यात डन दाऊद इब्राहिम कराचीमा !

Dawood-Ibrahim

मुम्बई: कुख्यात डन दाऊद इब्राहिमका भतिज अली शाह पारकरले प्रवर्तन निदेशालय (ईडी) को केरकारमा दाऊद पाकिस्तानको कराचीमा बस्दै आएको अनि उसकी पत्नी मेहजबीनले पर्वहरूको अवसरमा भारतमा आफ्ना आफन्तहरूसित सम्पर्क गर्ने गरेको बताएको छ। अली शाहको भनाईअनुसार उसको परिवार दाऊद इब्राहिमको सम्पर्कमा छैन। प्रवर्तन निदेशालयले दाऊद इब्राहिम मनी लन्ड्रिङ मामिलामा मन्त्री नवाब मलिक, दाऊद इब्राहिमको भाई इकबाल कासकर, हसीना पारकरको छोरा अली शाह कासकर सहित धेरै आरोपितहरूलाई पक्राउ गरेको छ। ईडीले दाऊद इब्राहिमको सम्पत्तिहरूको बिक्री र खरीदसित जुड़ेको मामिलाहरूको मनी लन्ड्रिङ एंगलबाट जाँच गरिरहेछ। अली शाहले ईडीलाई जानकारी गराएको छ, महाराष्ट्रका मन्त्री नवाब मलिकले हसीना पारकरसित मिलेर कुर्लामा गोवावाला कम्पाउन्डको जमीन किनेका थिए। उल्लेख्य, मुम्बईमा १९९३ मा बम विस्फोटपछि दाऊद इब्राहिम मुम्बईबाट फरार भएको थियो। दाऊद दुबई र कराचीमा रहेको दाबी गरिँदै आइएको छ। अब अली शाहको यस बयानपछि दाऊद इब्राहिम पाकिस्तानमा लुकेर बसेको पुष्टि भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement