गान्तोक: सुनुवार समुदायको महान पर्व श्यादर पिदरको अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले सम्पूर्ण सिक्किमका जनतालाई शुभकामना व्यक्त गरेका छन्। नेपाली समुदायको एक प्रमुख उपजातिको रुपमा रहेको सुनुवार समुदगायको महान पर्वलाई राज्यको विभुन्न स्थानमा भव्यतासित पालन गरिन्छ। आफ्नो शुभकामना सन्देशमा राज्यपाल माथुरले श्यादर पिदरलाई उभौली पूजा भनेर चिनिने उल्लेख गर्दै यो सुनुवार समुदायसित सम्बन्धित रहेको बताएका छन्। राज्यपालले उक्त पर्वलाई कृषि संस्कृति र परम्पराको अभिन्न अंग भनी उल्लेख गरेका छन्। यस अवसरले प्रकृति माताप्रतिको हाम्रो प्रतिबद्धता र जिम्मेवारीलाई सुदृढ बनाउने र यसलाई खुशी, स्वास्थ्य र कल्याणको परम स्रोतको रूपमा पूजा गरिने बताएका छन्। यस अवसरले प्रकृति आमाको पालनपोषण र संरक्षण गर्ने सामुहिक संकल्पलाई बलियो बनाउनले साथै दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने सम्भावना व्यक्त गरेका छन्। राज्यपाल माथुले यस महान पर्वलाई भव्यतापूर्वक पालन गर्ने आह्वान गरेका छन्।