भाजपा, सिक्किमले पालन गऱ्यो अन्तर्राष्ट्रिय मातृ दिवस

IMG-20250511-WA0197

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमले आज राजधानीको ताथङचेनमा अन्तर्राष्ट्रिय मातृ दिवस पालन गऱ्यो। पार्टीको धारावाहिक कार्यक्रम सेवा र सम्पर्कमा उपस्थित आमाहरूलाई सम्मान जनाउँदै मातृ दिवस पालन गरिएको हो। कार्यक्रमको शुरुवात आमाहरूद्वारा केक काटेर गरिएको थियो। यस अवसरमा उपस्थित आमाहरूलाई उनीहरूको निःस्वार्थ प्रेम र समर्पण भावको सराहना गरियो।
सामाजिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई अघि बढाउँदै, भाजपा सिक्किमले यस अवसरमा आयुष्मान भारत र ई-श्रम का लागि विशेष कार्ड अभियान चलाएको थियो जसको प्रमुख उद्देश्य आमाहरू र वरिष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा र सामाजिक सुरक्षा लाभहरू प्रदान गर्नका साथै उनीहरूमाझ मोदी सरकारको कल्याणकारी योजनाहरूअन्तर्गत पाउनुपर्ने लाभ सुनिश्चित गर्नु थियो। भाजपा प्रदेश डीआर थापाको नेतृत्वमा पार्टीले वरिष्ठ नागरिकहरू र समग्र समुदायको कल्याणलाई प्राथमिकता दिइरहेको पार्टीको भनाइ रहेको छ।
गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा तथा स्यारी मण्डल अध्यक्ष कर्मा ल्हेन्डुप भेटियाको तत्परतामा आयोजित आजको कार्यक्रममा प्रवक्ता पासाङ ग्याली शेर्पा, मिडिया प्रभारी निरेन भण्डारी, कार्यकारी सदस्य साङ्गे पल्जरलगायतका पदाधिकारीगण साथै पार्टीको प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो।

About Author

Advertisement