आयोजक श्रीलंकालाई पराजित गरी भारतीय महिला टीम च्याम्पियन

IMG-20250511-WA0193

कोलम्बो: भारतीय महिला क्रिकेट टीमले श्रीलंकालाई फाइनलमा ९७ रनले पराजित गरी त्रिदेशीय वनडे सीरीजको खिताब जित्यो। कोलम्बोको आर प्रेमादासा स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३४२ रनको मजबूत स्कोर बनायो। त्यसपछि लक्ष्यलाई पीछा गर्दै श्रीलंकाई टीम ४८.२ ओभरमा २४५ रन बनाएर अलआउट भयो। भारतलाई च्याम्पियन बनाउनमा ओपनर स्मृति मन्धना (११६ रन) को ठूलो भूमिका रह्यो, जसले रेकर्ड शतक बनाइन्। यसरी अफ् स्पिनर राणाले ४ र पेस बलर अमनजोतले महत्त्वपूर्ण ३ विकेट हासिल गरी आयोजक टीमको हार सुनिश्चित गरिन्। श्रीलंकाले ओपनर हसिनी परेरा ईनिंग्सको तेस्रो बलमै गुमायो। त्यसपछि कप्तान चमारी अथापथ्थूले अर्द्धशतक बनाए पनि अन्य खेलाड़ीहरूले असल शुरुवातलाई काममा लगाउन सकिनन्। अथापथ्थूले ६६ बल खेलेर ६ वटा चौका र एउटा छक्काको साथ ५१ रन बनाइन्। उनले ओपनर विश्मी गुणारत्ने (३६ रन)-सँग दोस्रो विकेटको ६८ रन अनि नीलाक्षिका सिल्वा (४८ रन) सँग तेस्रो विकेटको निम्ति ५३ रनको पार्टनरशीप गरिन्। नीलाक्षिकाले ५ वटा चौकाको साथ ५८ बलमा ४८ रन बनाइन्। यसअघि पहिला ब्याटिंग गर्दै भारतलाई प्लेयर अव् द म्याच रहने मन्धनाले असल शुरुवात दिलाउँदै प्रतिका रावलसँग पहिलो विकेटको निम्ति १४.५ ओभरमा ७० रनको पार्टनरशीप गरिन्। प्रतिका ३० रन बनाएर आउट भइन्। त्यसपछि मन्धनाले हरलीन देओलबाट असल साथ पाइन् अनि यी दुईजनाले दोस्रो विकेटको निम्ति १२० रनको महत्त्वपूर्ण पार्टनरशीप गरिन्। यस पार्टनरशीपको अवधि नै मन्धनाले आफ्नो एघाह्रौं वनडे शतक पूरा गरिन्। मन्धना ३३औं ओभरमा आउट भइन्। उनले १०१ बल खेलेर १५ वटा चौका र २ वटा छक्काको साथ ११६ रन बनाइन्। हरलीनले ५६ बल खेलेर ४७ रन बनाइन्। यसरी २१९ रनमा ३ विकेटको पतनपछि कप्तान हरमनप्रीत कौर र जेमिमा रोड्रिग्सले तेजीको साथ रन बनाउँदै स्कोर २६७रनसम्म पुऱ्याइन् । हरमनप्रीतले ४ वटा चौका र एउटा छक्काको साथ ३० बलमा ४१ रन बनाइन्। यसरी जेमिमाले ४ वटा चौकाको साथ २९ बलमा ४४ रन बनाइन्। श्रीलंकाई बलरहरूमा माल्की मादारा, देवमी विहांगा र सुगन्दिका कुमारीले २-२ विकेट हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement