नौ सूत्रीय मागलाई लिएर डीवाईएफआई काे थाना घेराउ

Chhetriya-Samachar-2

सिलगढ़ी: नौ सूत्रीय मागलाई लिएर आज डेमोक्रेटिक यूथ फेडरेशन अफ इण्डिया (डीवाईएफआई)-ले भक्तिनगर थानाको घेराउ गऱ्यो। संगठनका सदस्यहरूले सेवक रोड संलग्न आईटीआई मोड़देखि एउटा ऱ्याली निकाले जुन भक्तिनगर पुलिस थानामा पुगेर समाप्त भयो जहाँ संगठनका सदस्यहरूले आफ्ना मागहरूको समर्थनमा व्यापक विरोध प्रदर्शन गरे।
यस अवधि केही समयसम्म स्थिति तनाउपूर्ण भयो। तथापि पछि शान्त भयो। त्यसपछि डीवाईएफआईका नेताहरूले पुलिसलाई आफ्नो मागहरूसित सम्बन्धित एउटा ज्ञापन सुम्पिए।
डीवाईएफआईका एकजना प्रमुख सदस्यले भने, यदि उनीहरूको माग तय समयमा पूरा नभए उनीहरूले आगामी दिनमा ठूलो आन्दोलन गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement