कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा डिआइजी ईश्वर कार्कीले सम्हाले जिम्मेवारी

IMG-20250511-WA0180

विराटनगर: प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयको वैशाख २१ गते(४मई )को निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौंबाट सरुवा भई उहाँले आज ११ मई औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।
पदभार ग्रहण समारोहमा डिआइजी कार्कीलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले, एसएसपी भीम बहादुर दाहाल, एसएसपी गोबिन्द अधिकारीलगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। प्रहरीको एक टुकडीले औपचारिक सलामी अर्पण गरेको थियो।
डिआइजी कार्कीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरभित्र रहेको पलाञ्चोक भगवती मन्दिरमा पूजा तथा वृक्षारोपण समेत गर्नुभयो।
कार्यभार ग्रहण पश्चात् उहाँलाई एसएसपी दाहालले कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको प्रवृत्ति र चुनौतीहरू, तथा प्रदेश प्रहरीको नवीनतम तथा रचनात्मक कार्यहरूको विस्तृत जानकारी गराउनुभएको थियो।
डिआइजी कार्कीको नेतृत्वमा कोशी प्रदेशमा शान्ति सुरक्षा तथा कानूनी कार्यान्वयनमा थप सुधारको अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement