खरसाङ: अल ईण्डिया एसएसबी भोलेन्टियर अर्गनाईजेशनले देशलाई आवश्यकता परे आफुहरु देशको सुरक्षाको लागि तयार रहेको बताइएको छ। अल ईण्डिया एसएसबी भोलेन्टियर अर्गनाईजेशनको पूर्व सभापति एंव मुख्य सल्लाहकार सूर्यनारायण प्रधानले अहिलेको स्थितिमा एसएसबी भोलेन्टियरहरु देशलाई आई पर्ने कुनै पनि आपत्तिको सामना गर्न सरकारलाई सहयोग गर्न सदै। तयार रहेको बताएका छन्। उनले सम्पूर्ण एसएसबी भोलेन्टियरहरु सदस्यहरुलाई सजग रहेर आफ्नो आफ्नो क्षेत्रको सुरक्षाको निम्ति ध्यान दिने साथै आपत्ति आई परेको खण्डमा सरकारलाई सहयोग गर्न तत्पर रहन तयार रहन आह्वान् पनि गरेका छन्। उनले सरकारले आवश्यक परेर बोलाएको खण्डमा एसएसबी भोलेन्टियरहरु सदैव देशको सुरक्षाको लागि जान तयार रहनुपर्छ भनी बताउँदै सरकारले यसै कुराको लागि आफुहरुलाई ट्रेनिङ दिएर राखेको पनि बताएका छन्। उनले देशभरमा १७ वटा राज्यहरुमा एसएसबी भोलेन्टियरहरु रहेको जानकारी पनि गराएका छन्। उनले यो स्थितिमा देशलाई आवश्यकता परेमा एसएसबी भोलेन्टियरहरु सदैव देशको सुरक्षाको लागि तयार रहेको पनि बताएका छन्।