घुम्ती चियाबारीमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा सम्पन्न

IMG-20250511-WA0174

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि जोनल कमिटीको सभा घुम्ती चियाबारी सम्पन्न भएको छ। उक्त सभा घुम्ती चियाबारीको संयोजक निलेस खवासको अध्यक्षतामा सम्पन्न भएको छ‌। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, बसन्त राई आदिले वक्तव्य राखेका थिए। सभामा पञ्चायत समिति सदस्या सरिता मुखिया पनि उपस्थित रहेका थिए। यस सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारी युनिट कमिटी गठन गर्नलाई फेरि चारजना संयोजकहरु चयन गरिएको छ। ती चारजना संयोजकहरुमा सुमन गुरुङ, देवेन्द्र सुब्बा, प्रवीण दर्नाल र उर्मिला राई चयन भएका छन्। चारैजनाको संयोजकत्वमा आगामी आईतबार हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन घुम्ती चियाबारीको युनिट कमिटी गठन गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement