असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टि गठन

IMG-20250511-WA0166

महानदीमा साहित्यकार असीत राईको सालिग निर्माण गरिने

खरसाङ: साहित्यकार असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टि गठन गरिएको छ। यसको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको तत्वावधानमा आज घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा एक सभा केन्द्रीय सदस्य रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आफ्नै क्षेत्रका साहित्यकार असीत राईमाथि ठोस काम गर्नलाई सर सल्लाह गरेर काम गर्ने निर्णय गरिएको छ। सभामा विशेष गरेर पहिलो कार्य साहित्यकार असीत राईको गाउँ महानदीमा सालिग स्थापना गर्न सहमत गरिएको छ। सभामा असीत राईमाथि ठोस काम गर्नलाई सल्लाह सुझावहरु राखिएको छ। सभामा विभिन्न समाजहरुका प्रतिनिधिहरुलाई निम्ताइएको थियो। सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, सभासद प्रणाम रसाइली, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शेखरचन्द्र प्रधान, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य सरिता मुखिया, अर्जुन योञ्जन, शिक्षक महेन्द्र छेत्री, विनयकुमार छेत्री, सञ्जीव लामा, कवि मिलन प्रधान आदिले वक्तव्य राख्दै विभिन्न सुझावहरु राखेका थिए। यसै सभामा सर्वसहमतिद्वारा प्रथम कार्यको रुपमा महानदीमा साहित्यकार असीत राईको सालिग निर्माण कार्यको लागि पहल गरिने भएको छ। त्यसपछि भविष्यमा अन्य कार्यहरु गरिने भएको छ। यसको लागि तीनधारे महानदी समष्टि स्तरीय साहित्यकार असीत राई स्मृति साहित्यिक संस्था गठन गरिएको छ‌। उक्त असीत राई स्मृति साहित्यिक संस्थामा सभापति शेखरचन्द्र प्रधान, उप‌ सभापति मिलन प्रधान र महेन्द्र छेत्री, सचिव हनोक थापा, सह सचिव निलेस खवास र आनन्द प्रधान, कोषाध्यक्ष पासाङ शेर्पा र सह कोषाध्यक्ष मौसम नेवार, प्रमुख सल्लाहकारमा सरिता मुखिया, कुसाङ लामा, सूर्यनारायण प्रधान, सभासद नवराज छेत्री र प्रणाम रसाइली, राजीव थापा, विनयकुमार छेत्री, केवल राई, पेम्बा तामाङ, रबीन सुब्बा, सञ्जीव लामा, अर्जुन योञ्जन, बसन्त राई आदि चयन भएका छन्। अन्य उपस्थित सबैलाई कार्यकारी सदस्यहरुका रुपमा चयन गरिएको छ। महानदीमा साहित्यकार असीत राईको सालिग निर्माणको लागि पहल गर्दै कार्य गरिने भएको छ। यसको लागि जीटीए प्रमुख कार्यपाल अनित थापा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको तर्फबाट सहयोग गरिने भएको जानकारी प्राप्त भएको छ। अब साहित्यकार असीत राईमाथि ठोस काम गर्नलाई असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिले कार्य गर्ने र आगामी दिनमा सभाहरु पनि आयोजना गरिने भएको छ। समष्टिबाट अरुलाई पनि समावेस गरिने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement