कोहलीलाई टेस्ट क्रिकेट खेल्न जारी राख्ने ब्रायन लाराको अनुरोध

IMG-20250511-WA0146

नयाँ दिल्ली: वेष्ट इण्डिजका महान क्रिकेटर ब्रायन लाराले भारतीय क्रिकेट टीमका दिग्गज ब्याटर विराट कोहलीसँग टेस्ट क्रिकेटबाट सन्न्यास लिने कथित फसेलालाई फिर्ता लिने सार्वजनिक अपील गरेका छन्। अहिले कोहलीको टेस्ट क्रिकेट भविष्यलाई लिएर अनिश्चितता कायम छ। यस ३५ वर्षीय ब्याटरले भारतीय टीमको २० जूनदेखि शुरु हुने ईंग्ल्याण्डविरुद्ध ५ वटा म्याचको सीरीज अघि टेस्ट क्रिकेटबाट सन्न्यास लिने इच्छा रहेको भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-लाई सूचित गरेका छन्। बीसीसीआई-ले पनि हरेक खाएको छैन अनि शीर्ष अधिकारीहरू कोहलीलाई टेस्ट क्रिकेटमा कायम रहनको निम्ति फकाउने प्रयासमा जुटेका छन्। भारतको निम्ति ईंग्ल्याण्ड यात्रा महत्त्वपूर्ण रहेको छ कारण त्यहाँ ५ वटा टेस्ट म्याचको सीरीजको साथ भारतले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को नयाँ चक्रको शुरुवात गर्नेछ। टेस्ट क्रिकेटका महान ब्याटरहरूमा एक लाराले कोहलीको टेस्ट क्रिकेटमा उपलब्धिहरू र उनको प्रभावको सराहना गरेका छन्। उनले भने, कोहली जस्ता खेलाड़ी हरेक पीढ़ीमा एकपल्ट आउँछन्। उनको तक्निक, जोश र खेल प्रति समर्पणले टेस्ट क्रिकेटलाई जीवन्त राखेको छ। यसैकारण म उनलाई आफ्नो फसेलामाथि पुनर्विचार गर्ने अनुरोध गर्छु। विश्व क्रिकेटलाई अहिले पनि उनको आवश्यकता छ।
लाराले भने, कोहलीको उपस्थितिले युवा खेलाड़ीहरूका निम्ति प्रेरणाको काम गर्छ अनि भारतको डब्ल्यूटीसी अभियानमा उनको भूमिका महत्त्वपूर्ण हुनसक्छ। यसरी बीसीसीआई पनि कोहलीले कम्तीमा आउँदो डब्ल्यूटीसी चक्रसम्म खेल्न जारी राखोस भन्ने चाहन्छ कारण ईंग्ल्याण्डविरुद्ध सीरीजपछि अष्ट्रेलिया यात्रा पनि सामेल छ। कोहलीले टी२० इण्टरनेशनलबाट अगावै सन्न्यास लिइसकेका छन् अनि उनले गत केही समयदेखि आफ्नो पूरा ध्यान वनडे प्रारूपमा लगाएका छन्।

About Author

Advertisement