मानेबुङ-देन्ताम क्षेत्रमा व्यापक बिरुवारोपनको तयारी

IMG-20250510-WA0244

गेजिङ: मानेबुङ्ग-देन्ताम क्षेत्रको हिवाटर गार्डनमा आउँदो विश्व पर्यावरण दिवसको अवसरमा ‘मेरो रुख मेरो सन्तिति’ अन्तर्गत बिरुवारोपन कार्यक्रमको तयारी गरिएको छ। यस विषयलाई लिएर समष्टिका विधायक सुदेश कुमार लिम्बूको अध्यक्षतामा एक समन्वय बैठछक बस्यो। वन विभागका अधिकारीहरू, हि जीपीयूका पञ्चायत सदस्यहरू, देन्ताम पर्यटन विकास संस्थाका अध्यक्ष र सदस्यहरू, विभिन्न समाजका प्रतिनिधिहरु तथा गाउँलेहरूको बाक्लो सहभागिता थियो। सभामा ‘मेरो रुख मेरो सन्तिति’ पहलअन्तर्गत हि वाटरगार्डनलाई सुन्दरीकरण गर्ने निर्णय लिइएको छ। यसका लागि युवा एकता समाज र युवा जागृति समाजले श्रमदान गर्नेछन्। साथै, बन विभागले फूल र रुखका बिरुवा उपलब्ध गराउने निर्णय सभामा भएको छ। मानेबुङ् देन्ताम क्षेत्रभरि बृहत् बिरुवारोपण कार्यक्रमको आयोजन गरिने र प्रत्येक जीपीयूमा गाउँले समाजले सरसफाइ र संरक्षणको जिम्मेवारी लिने सहमति भएको छ। स्मरण रहोस्, मेरो रुख मेरो सन्तिति’ पहल सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा गत २ फरवरी २०२३ मा आरम्भ गरिएको हो। यस पहलअन्तर्गत प्रत्येक शिशुकोको जन्मको सम्झनामा १०८ रुख रोप्ने व्यवस्था गरिएको छ। जसले आमाबाबु र नानीबीचको सम्बन्धलाई प्रकृतिसँग जोड्ने उद्देश्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement