व्यवसायी सदिप लामा ग्लोबल सोसियल वेलफेयर अवार्ड २०२५ द्वारा पुरस्कृत

IMG-20250510-WA0243

गान्तोक: समाज सेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा व्यवसायी सदिप लामालाई प्रतिष्ठित ग्लोबल सोसियल वेलफेयर अवार्ड २०२५ले पुरस्कृत गरिएको छ। उल्लेखनीय छ, प्रतिष्ठित ब्राण्ड होन्चोस कर्पोरेट मिडिया हाउसले प्रत्येक वर्ष समाज सेवाको क्षेत्रमा असल कार्य गर्ने व्यवसायीहरूलाई ग्लोबल सीएसआर, सस्टेनेबिलिटी एण्ड ईएसजी अवार्ड प्रदान गर्ने गर्छ। यसै पुरस्कारअन्तर्गत लामालाई ग्लोबल सोसियल वेलफेयर अवार्ड २०२५ प्रदान गरिएको हो। यो पुरस्कार प्राप्त गर्ने उनी पूर्वोत्तर भारतका पहिलो व्यवसायी हुन। गत २५ अप्रेलको दिन नयाँ दिल्लीको एउटा होटलमा आयोजित कार्यक्रमबीच उनले यो पुरस्कार ग्रहण गरे।
मूल रुपमा उत्तर बङ्गाल निवासी अनि सुमी यशश्री होटल्स एण्ड रेसर्ट्स-का प्रवन्धन निर्देशक साथै यशश्री फाउण्डेशनका अध्यक्ष सदिप लामाले सामाजिक सेवामा धेरै अघिदेखि नै उल्लेखनीय कार्य गर्दै आएका छन्। उनले विपन्न परिवारका विद्यार्थीहरूलाई पढ़ाउने काम गरेका छन् भने वृद्ध-वृद्धाहरूको निम्ति दार्जीलिङको बिजनबारीमा वृद्धाश्रम स्थापना गरेका छन्। यसरी नै गरीब बिरामीहरूलाई औषधि-उपचारमा सहयोग गर्ने गरेका छन् भने आवश्यक्ता परेको समय अनाथ अनि दिव्याङ्गजनहरूलाई पनि सहयोग गर्ने गरेका छन्। यस अतिरिक्त लामाले आफ्नो होटल व्यवसायमार्फत हजारभन्दा अधिक युवाहरूलाई रोजगार उपलब्ध गराउनुको साथै एकल आमाहरूलाई सशक्त बनाउने दिशामा पनि काम गर्दै आएका छन्।
लामाको कुशल नेतृत्व र समाजसेवा प्रतिको प्रतिवद्धतालाई कदर गर्दै प्रतिष्ठित ग्लोबल सोसियल वेलफेयर अवार्ड २०२५ प्राप्त गरेकोमा सुमी यशश्री परिवारले उनलाई बधाई दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement