मन्त्री उप्रेतीद्वारा समर ओपन अन्तराष्ट्रिय स्नूकर च्याम्पियनशिपको उदघाटन

IMG-20250510-WA0242

गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा सिक्किम स्नूकर संघले राजधानी गान्तोकको देवराली स्थित क्यू क्लवमा समर ओपन अन्तर्राष्ट्रिय स्नूकर च्याम्पियनशिप आयोजन गऱ्यो। सिक्किम सरकारको ग्राम प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरूण कुमार उप्रेतीले प्रतियोगिताको आधिकारिक रूपमा शुरू भएको घोषणा गरे। मन्त्री उप्रेतीको साथमा स्नूकर संघ सिक्किमका अध्यक्ष बासु शर्मा, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सोसियल मिडिया राज्यस्तरीय अध्यक्ष नवीन दाहाल, संघका सम्पुर्ण कार्यकारिणी सदस्यवर्ग, खेलाडीहरूलगायत अन्य गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनमा मन्त्री उप्रेतीले स्नूकर एक सम्मानित खेल रहेको मन्त्व्य राख्दै यस खेलमा ध्यान, धैर्य र सठीकताको आवश्यक्ता पर्ने बताए। भविष्यमा सिक्किममा पनि यो खेलबाट खेलाडीहरू चम्किने र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राज्यलाई गौरवान्वित गर्ने सम्भावना व्यक्त गरे। भारतलगायत नेपालका शीर्ष खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। आजदेखि शुरू भएको प्रतियोगिताको समापन आगामी १६ मईको दिन हुने आयोजक पक्षले जानकारी गराएको छ। प्रतियोगितामा ६१ खेलाडीहरूले भाग लिएका छन्। जसमा सिक्किम लगायत उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, नागाल्याण्ड, मणिपुर र नेपालका खेलाडीहरू सहभागी छन्। ग्रीष्मकालीन खुल्ला च्याम्पियनशीपको लागि पुरस्कार राशी २ लाख पचास हजार रुपियाँ रहेको छ। जुन भारतमा स्नूकर च्याम्पियनशिपमा सबैभन्दा उच्च पुरस्कार राशीको रूपमा मानिएको छ। यसैगरी अन्य पुरस्कारमा रनरअपको लागि एक लाख, पचास हजार, प्रत्येक सेमिफाइनलिस्टलाई पचास हजार, हाईस्ट ब्रेकको लागि पचास हजार, प्रतियोगिताको उत्कृष्ट र उदीयमान खेलाडीलाई क्रमैले २० हजार रुपियाँ प्रदान गरिनेछ। स्मरण रहोस्, २०२४ मा स्नूकर संघ सिक्किमको गठन गरिएको हो भने राज्य स्थापनाको ५ वर्षको स्वर्ण जयन्ती उत्सवको रूपमा समर खुल्ला च्याम्पियनशिप २०२५ आयोजन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement