राज्यपाल र मुख्यमन्त्रीले गरे देशको वर्तमान स्थितिमाथि चर्चा

IMG-20250510-WA0240

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यपाल ओमप्रकाश माथुरसँग राज भवनमा भेट गरे। भेटको क्रममा विशेष गरेर वर्तमान देशको स्थिति र राष्ट्रीय सुरक्षामाथि चर्चा परिचर्चा गरियो। उल्लेखनीय छ, गत केही दिनदेखि भारत र पाकिस्तानबीच अघोषित युद्ध शुरू भएपछि देशमा अशान्तिको स्थिति पैदा भएको छ। यसको असर देशको अन्य राज्यसरह सिक्किमलाई पनि पर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै यसको तयारीबारे छलफल गर्न मुख्यमन्त्रीले राज्यपालसँग भेट गरेक हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement