रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा शनिवार तीनवटा म्याच खेलियो। रोहिनी लेक मा आज खेलिएको दोस्रो म्याचमा १/३ गोर्खा राइफल्स (जीआर) ले चिम्नी भेटरन्सविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुदीप राईले २ गोल गरे। यसरी चिम्नी भेटरन्सको तर्फबाट अनुप थापाले १ गोल गरे। तेस्रो म्याचमा एफएफसी सिलगढ़ीले हिमालयन भेटरन्सविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल ८ जूनमा खेलिनेछ।