आईपीएल पुनः शुरु गर्न बीसीसीआई को तयारी शुरु

IMG-20250510-WA0234

नयाँ दिल्ली: भारत-पाक युद्ध विरामको घोषणापछि आईपीएल २०२५ पुनः शुरु गर्न भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) अहिले रहल कार्यक्रमलाई अन्तिम रूप दिने तयारीमा जुटेको छ। सूत्रबाट थाहालागे अनुसार, आईपीएल २०२५-मा फाइनलसहित रहल १६ वटा म्याच दक्षिण भारतको तीनवटा शहर बेंगलुरु, चेन्नई र हैदराबादमा हुनसक्छ। बीसीसीआई-ले भारत र पाकिस्तानबीच तनाउले गर्दा आईपीएललाई एक हप्ताको निम्ति स्थगित गरेको थियो तर शनिवार युद्ध विरामको घोषणापछि परिस्थिति चाँड़ै सामान्य हुनसक्छ। हरेक फ्रेञ्चाइजीका विदेशी खेलाड़ी र प्रशिक्षकहरू आ-आफ्नो देश फर्किरहेका छन् तर अब उनीहरूलाई चाँड़ोभन्दा चाँड़ो आ-आफ्नो टीममा सामेल हुने निर्देश दिइनेछ। आईपीएल २०२५-मा कुनै पनि टीमले प्लेअफ्-मा स्थान पक्का गरेको छैन। लीग पोइण्ट्स टेबलमा अहिले गुजरात टाइटन्स १६ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ। यसरी सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स चाहिँ प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement