कोहली टेस्ट क्रिकेट छोड़्ने तर्खरमा, बीसीसीआईद्वारा पुनर्विचार गर्ने आग्रह

IMG-20250510-WA0233

नयाँ दिल्ली: विराट कोहली टेस्ट क्रिकेटबाट सन्न्यास लिने सोचमा छन् अनि उनले यसबारे भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) लाई सूचित गरेका छन्। बोर्डका शीर्ष अधिकारीहरूले उनलाई आफ्नो फसेलामाथि पुनर्विचार गर्ने आग्रह गरेका छन् कारण चाँड़ै ईंग्ल्याण्ड यात्रा शुरु हुनेछ। कोहलीले अहिलेसम्म यस अनुरोधमाथि जवाफ दिएका छैनन्। भारतको ईंग्ल्याण्ड यात्रा २० जूनदेखि शुरु हुनेछ, जसमा ५ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ। भारतले यस सीरीजको साथ नै वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-मा नयाँ चक्रको पनि शुरुवात गर्नेछ। रोहित शर्माले केही दिन अघि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए। भारतीय चयनकर्ताहरूले आउँदो महिना ईंग्ल्याण्डमा हुने ५ वटा टेस्ट म्याचको सीरीजको निम्ति टीमको चयन गर्न चाँड़ै बैठक गर्नेछन्। यस्तो स्थितिमा रोहितपछि कोहलीले पनि सन्न्यास लिए टीममा अनुभवको कमी हुनेछ। थाहालागे अनुसार, कोहलीले यस सालको शुरुवातमा अष्ट्रेलिया यात्रापछि नै आफ्नो टेस्ट भविष्यबारे विचार गरिरहेका थिए। अष्ट्रेलियामा भएको बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट म्याचमा शतक बनाएपछि कोहलीले रहल ४ वटा टेस्ट म्याचमा निराशाजनक प्रदर्शन गरेका थिए। उनले अष्ट्रेलियामा ९ वटा ईनिंग्समा २३.७५-को औसतले केवल १९० रन बनाएका थिए। त्यसअघि न्यूजील्याण्डको भारत यात्रामा पनि कोहलील ६ वटा ईनिंग्समा १५.५०-को औसतले केवल ९३ रन बनाएका थिए। समग्रमा ३६ वर्षीय ब्याटर कोहलीले १२३ वटा टेस्ट म्याच खेलेर ४६.८५-को औसतले ३० वटा शतक र ३१ वटा अर्द्धशतकको साथ ९२३० रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement