कालचिनी: भारत भोटाङ सीमान्त सहर जयगाउँ स्थित हनुमान मन्दिर रोड संलग्न रहेको एउटा बिल्डिङ घरमा भएको चोरीको घटनाले जयगाउँ सहरमा सनसनी मच्चिएको छ| जयगाउँ हनुमान मन्दिर रोड स्थित उक्त बिल्डिङ घरमा अज्ञात चोर पसेर घरको फ्यान, इलेक्ट्रोनिक सरसमान लगायत भॉंड़ाकुड़ा जति सबै लिएर चम्पट कसेको उक्त बिल्डिङको मालिक डली सिंहले जनाएकी छन्| घरमा रहेको सबै सरसमानहरू सबै चोरी भएको घरको डली सिंहको ज्वाई ज्योतिन दासले जनाएका छन्|
लकडाउन भएदेखि जयगाउँको सबै व्यावसाय नै सुक्दै गइरहेकोले सपरिवार दिल्लीमा बस्दै आइरहेको थियो भने बिल्डिङ ताला लगाएर राखिएको अवस्थामा यसरी चोरी भएको घटना सुनेर जयगाउँ आएर हेर्दा घरको सरसमानहरू चोरी भएको देखेर जयगाउँ थानामा यसको प्राथमिकी दर्ता गरेको ज्योतिन दासले जनाएका छन्|










